विश्वकपमा नेपाली फिफा रेफ्री रुपकको सम्झना

SABSCAST (Sabeena Karki) - Een podcast door SABSCAST (Sabeena Karki)

Podcast artwork

Categorieën:

विश्वकप फूटबलको चर्चा भैरहंदा, म पुगें नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रथम नेपाली फिफा रेफ्री स्वर्गीय रुपकराज शर्माको निवास, (बालुवाटार)। सन् १९९२ सेप्टेम्बर २८ मा पाकिस्तान एयरलाइन्सको बिमान दुर्घटनामा परि उनी लगायत १०० भन्दा बढी यात्रीको मृत्यु भएको थियो । स्व. शर्माको नाम आज पनि नेपाल प्रहरीबृतमा अदम्य साहस, निडर र स्वाभिमानका पर्यायको रुपमा लिइन्छ। रुपकराज शर्माकी श्रीमती नीता शर्मा र फरक क्षमता भएकी कान्छी छोरी रुबिनासँग बसेर मनका कुराकानी गर्दा दिन बितेको पत्तै भएन । सुन्नुहोस् युवा अवस्थामै आफ्नो श्रीमान गुमाएकी, तीन छोरीहरुकी आमा जसको कान्छो सन्तानको जन्मिंदै श्रवण शक्ति थिएन, हो उनै संघर्षशील, निडर पत्नी एवं आमाको कथा साथमा उनका श्रीमानको योगदान र खेलजीवनको गाथा..

Visit the podcast's native language site